Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

वीपी क्यान्सर अस्पतालका लेखा अधिकृतलाई अख्तियारले गर्यो पक्राउ


नया सडक

२०८१, साउन ७ सोमबार

  • 333
    Shares

  • वीपी क्यान्सर अस्पतालका लेखा अधिकृतलाई अख्तियारले गर्यो पक्राउ

     

    चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपालिका वडा नं। ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतबार दिउँसो घुससहित पक्राउ गरेको हो ।

    आयोग हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले कोइरालालाई १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरिएको जानकारी दिए ।

    कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको उनको भनाइ छ । अस्पतालको औषधि खरिदको भुक्तानी गर्दा कोइरालाले घुस लिन लागेको बताइएको छ । 

    रासस

     

    प्रतिक्रिया दिनुहोस