Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

राति बास बस्न आउनेहरूले पूर्व राज्यमन्त्रीको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धान


नया सडक

२०८१, साउन ७ सोमबार

  • 423
    Shares

  • राति बास बस्न आउनेहरूले पूर्व राज्यमन्त्रीको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धान

    काठमाडौं ।  पूर्वराज्यमन्त्री रामचन्द्र रायकै घरमा बास बसेका तीन जना मिलेर उनको हत्या भएको खुलेको छ ।सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित पूर्व राज्यमन्त्री रायको निवासमा बेलुका अबेरतिर आएका तीन जनाले उनको हत्या गरेका हुन् ।

    पूर्वराज्यमन्त्री रायसँग आफूहरूको जग्गा विवाद मिलाइदिन अनुरोध गर्न आएका तीन जना राति त्यहीँ बास बसेर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पता लागेको छ ।पूर्वराज्यमन्त्री रायकै घरमा काम गर्दै आएका २१ वर्षीय युवकले प्रहरीलाई यस्तो जानकारी गराएका छन् ।

    उनका अनुसार राति अबेरसम्म पूर्वराज्यमन्त्री राय र उनीहरूबीच कुराकानी भइरहेको थियो । त्यसपछि पूर्वराज्यमन्त्री रायले नै आफूलाई सुत्नका लागि अर्कै कोठामा पठाएको उनले प्रहरीमा बयान दिएका छन् ।प्रहरीले पूर्वराज्यमन्त्री रायको घरमा काम गर्दै आएका ती युवकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ती युवकले नै राति शौचालय जान निस्किँदा पूर्वराज्यमन्त्री राय सुत्ने कोठाको ढोका खुला देखेर हेर्दा शव देखेपछि आफन्तलाई खबर गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार ती युवकले बेलुका आएर पूर्वराज्यमन्त्री रायको घरमा बसेका तीन जनालाई आफूले नचिनेको बताएका छन् । यद्यपि उनीहरूले जग्गाको विषयमा कुराकानी गरेको उनले जनाएका छन् ।पूर्वराज्यमन्त्री रायलाई घरेलु हतियार प्रयोग गरी हत्या गरेको पाइएको छ । प्रहरीले घटनास्थल नजिकै बाँसको झ्याङ्गबाट धारिलो हतियार दाउ फेला पारेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस