Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन


नया सडक

२०८१, साउन ७ सोमबार

  • 570
    Shares

  • प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन

    काठमाडाँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षणसम्बन्धी ९पहिलो संशोधन० विधेयक २०७७, सर्वसम्मतिले अनुमोदन गरेको छ ।

    बैठकमा  ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधिसभाबाट आएको संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

    बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै प्रतिनिधिसभाबाट आएको संशोधनलाई सर्वसम्मतिले अनुमोदन भएकोे जानकारी गराउनुभयो ।

    मन्त्री पाण्डेले अभिलेखहरुको महत्वपूर्ण सामग्री, बहुमूल्य अभिलेखको संरक्षण गर्ने, सहज ढङ्गले उपयोग गर्ने र विद्युतीय माध्यमबाट पनि यसको ‘रेकर्ड’ हुने व्यवस्थालाई विधेयकबाट  सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

    राष्ट्रियसभाको अर्को बैठक यही साउन १५ गते मङ्गलबार दिउँसो १ः१५ बजे बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस