Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन ७ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, साउन ७ सोमबार

  • 378
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन ७ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ७ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा ४०५.१४ गुणा बढी आवेदन

    काठमाडौं ।  सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन ९एफपीओ० मा मागभन्दा ४०५.१४ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज (साउन ७ गते)साँझसम्ममा १ अर्ब ८९ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

    जसमा १२ लाख ८८ हजार ८१८ जना आवेदकहरुले १ करोड ८९ लाख ३१ हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।

    नेप्से झिनो अंकले बढेर २४८८.०९ बिन्दुमा , कारोबार रकम घट्यो

    काठमाडौँ । नेप्से झिनो अंक र प्रतिशतले बढेर आज  २४८८.०९ बिन्दुमा उक्लिएको छ ।  साताको दोस्रो दिन सोमबार ०.०८ प्रतिशतले वृद्धि भई २.१५ बिन्दुले बढेर नेप्से २४८८.०९ बिन्दुमा पुगेको हो । सोमबार कुल कारोबार १३ अर्ब ९१ करोड रुपैया बढीको भएको छ । यो साता कारोबारको पहिलो दिन आइतबार भन्दा कम हो ।

     

    आइतबार  कारोबार रकम रु १५ अर्ब नाघेको थियो ।  तीन सय १५ कम्पनीको चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर एक लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० बराबरको कारोबार भएको थियो  ।

    नेपाल लाइफले दुई कम्पनीमा १ अर्ब ३३ करोडभन्दा बढी शेयर लगानी गर्ने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई कम्पनीमा १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार ६०० रूपैयाँ बराबरको शेयर लगानी गर्ने भएको छ । साउन ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रोफेसनल एजुकेटर्स लिमिटेडमा ३५ दशमलव ३२ प्रतिशत र युनिग्लोब हाइएर सेकेन्डरी स्कुल, काठमाडौं लिमिटेडमा ४७ दशमलव ६२ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेको हो ।

     

    प्रोफेसनल एजुकेटर्स लिमिटेडमा ७३ करोड ७२ लाख ८९ हजार ६०० रूपैयाँ र युनिग्लोब हाइएर सेकेन्डरी स्कुलमा ६० करोड रूपैयाँ लगानी गर्ने निर्णय कम्पनीले गरेको हो ।

    नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । एनआइसी एसिया बैंकले आज  देखि आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । यसमा लगानीकर्ताले न्यूनतम ७०७ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । त्यसैगरी, न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा साउन १४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ५.२३ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.२३ विन्दुले बढेको छ । यससँगै सूचक २४९१.१७ अंकमा आएको छ । ४० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६७ कम्पनीको १४ हजार ३ सय ६० कित्ता सेयर कारोबार भएको छ ।

     

    कुल ४३ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ ।

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा ५.९८ प्रतिशतले घट्यो

    काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडल अर्थात निफ्राले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

     

    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९८ प्रतिशत कम हो।नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडल अर्थात निफ्राले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

    आजको मौसम : गण्डकी ,कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा  भारी वर्षाको सम्भावना

    काठमाडौँ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

     

    अहिले देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

     

    आयात गरिएका मालवस्तुको बिक्रीमा एचएसकोडको अनिवार्य प्रावधान हटाउनुपर्ने माग, बिल लिन बिर्सनेलाई पटके एक हजार जरिवाना

    काठमाडौं । कांग्रेस र एमालेको समर्थनमा बनेको सरकारले तत्काल पहिलो संशोधन बिलबीजकमा एचएस कोर्ड अनिवार्य लेख्नुपर्ने बजेटको प्रावधान हटाउन गर्नुपर्ने भएको छ ।कुनै पनि खुद्रा व्यापारीसम्मलाई सामान खरिद बिक्री गर्दा बिल बीजकमा चार अंकको एचएस कोर्ड अनिवार्य उल्लेख गर्नुपर्ने बजेटको प्रवाधान हटाउनुपर्ने भएको हो ।

     

    व्यवसायीले साउन १ गतेदेखि आयात गरिएको वा गरिने व्यापारिक सामग्रीको बिल बीजकमा अनिवार्य हार्मोनाइज्ड सिस्टम (एचएस) कोड लेख्नुपर्ने  जटिल एवं अव्यवहारिक व्यवस्था गरिएको सरोकारवालाहरूको भनाइ छ ।नयाँ कानुनअनुसार खुद्रा पसलले समेत बिलबीजकमा कम्तीमा ४ अंकको एचएस कोड लेख्नुपर्ने व्यवस्था  गरिएको छ ।

    ढलमा पोलियो भाइरस देखिएपछि कामपाले विशेष खोप अभियान सुरू गर्दै

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरू गर्ने भएको छ ।

     

    हालै ढलमा पोलियो भाइरस भेटिएपछि महानगरपालिकाले यही साउन ९ गतेबाट विशेष पोलियो खोप अभियान सुरू गर्ने भएको हो । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन महानगरले जनाएको छ । 

     

    महानगरका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठकानुसार महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीसहितको टोलीले घर घरमा गएर पोलियो थोपा खुवाउने छ । पोलियो खोप छ, १० र १४ हप्ता गरी तीन पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन) खुवाइन्छ । यस्तै १४ हप्ता र नौ महिनाको उमेरमा सुइबाट पोलियो खोप दिइन्छ ।

    गत आवमा भारतीय यार्चागुम्बाको आयात मूल्यमा ३२ गुनाले वृद्धि

    काठमाडौं । भारतबाट आयात गरिने यार्चा गुम्बाको आयात मूल्यमा गत आर्थिक वर्ष २०८०÷८१मा ३२ गुनाले वृद्धि गरिएको छ ।आर्थिक वर्ष २०७९÷८०मा भारतबाट आयात गरिएको यार्चागुम्बाको तुलनामा यस्तो देखिएको हो ।

     

    आर्थिक वर्ष २०८०÷८१मा भारतबाट २० केजी आयात गरिएको भन्सार विभागले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । सोही प्रतिवेदन अनुसार त्यसको आयात मूल्य १२ लाख ८१ हजार तोकिएको छ । सो आयात मूल्यको आधारमा तय गरिने भन्सार राजस्व १ लाख ६१ हजार असुल भएको जनाइएको छ ।

    प्रधानमन्त्रीबाट ऊत्तरगङ्गा जलविद्युत् आयोजनाको प्रगतिबारे सदनलाई जानकारी

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको ऊत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको प्रगतिबारे सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उहाँले उक्त आयोजना नेपाल विद्युत् प्राधिकरणको आयोजना विकास विभागअन्तर्गत रही सोही विभागबाट सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कनको काम भएको बताउनुभयो ।

     

    प्रधानमन्त्री ओलीले हाल उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना ‘स्पेसल प्रपोज भेइकल’को रुपमा विकास गर्न २०७४ सालमा उत्तरगङ्गा पावर कम्पनी लिमिटेडको स्थापना गरी कार्य अगाडि बढाइएको जानकारी दिनुभयो । हालसम्म आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको, वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको, जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो ।

    बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

    काठमाडौँ । बङ्गलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली  विद्यार्थीहरुले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् ।

     

    ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन् । परराष्ट्र मन्त्रालयले आइतबारसम्म एक हजार दुई सय विद्यार्थी स्वदेश फर्किसकेका जनाएको छ ।

    आइतबार नेपाल फर्किएका ढाकास्थित विभिन्न कलेजमा चिकित्साशास्त्र विषयमा अध्ययनरत केही विद्यार्थीले आज परराष्ट्र मन्त्रालय पुगेर मन्त्री डा राणासँग भेट गरेका थिए । उनीहरुले आन्दोलनका कारण त्यहाँका विभिन्न कलेजमा अध्ययनरत नेपाली तथा विदेशी विद्यार्थीले असुरक्षित महसुस गरेको जानकारी गराएका थिए ।

    अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरको ४३ बुँदे सुझाव

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई एवं शुभकामना दिएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी एवं कार्यसमितिको टोलीले प्रधानमन्त्री ओलीसमक्ष बालुवाटारमा भेटवार्ता गर्दै नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको हो । 

     

    बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउन चेम्बरले प्रधानमन्त्री ओली समक्ष आग्रह गरेको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘करिव ४ बर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ । कोभिड महामारीको प्रभाव, रुस युक्रेन युद्धले विश्वव्यापी आपूर्ति श्रीङखलामा पारेको असर एवं पछिल्लो ३ बर्ष देखिको निरन्तर संकुचित नीतिहरुले आर्थिक गतिविधीमा शिथिलता उत्पन्न भएको छ ।’ चालु आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।

    सशर्त लाइन जोड्ने  विद्युत प्राधिकरण सञ्चालक समितिको निर्णय

    काठमाडौं। विद्युत लाइन काटिएका विभिन्न ६ उद्योगको लाइन सशर्त जोड्ने निर्णय गरिएको छ ।नेपाल विद्युत् प्राधिकरणको संचालक समितिले डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता विवादमा विद्युत आपूर्ति बन्द गरिएका उद्योगमा लाइन जोड्ने यस्तो निर्णय गरेको हो ।

     

    प्राधिकरणको सञ्चालक समितिको सोमबार बिहान बसेको बैठकले शर्तसहित विभिन्न ६ उद्योगको लाइन जोड्ने निर्णय ग¥यो । तीन महिनाभित्र बक्यौता बुझाउने शर्तमा लाइन जोड्ने निर्णय भएको प्राधिकरण स्रोतको भनाइ छ ।डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा लाइन काटिएका ६ उद्योगमा विद्युत् उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ४ गते प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगीकै सामु निर्देशन दिएका थिए।

    मेची भन्सार कार्यालयद्वारा रु १४ अर्ब २३ करोड राजश्व सङ्कलन

    भद्रपुर । पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०÷८१ मा रु ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार  बराबरको आयात हुँदा रु २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो ।

     

    मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतलले कम हुँदा निर्यात भने १० दशमलव ७१ प्रतिशतले बढेको छ । उहाँका अनुसार आव २०७९÷८० मा रु ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार आयात र रु २२ अर्ब चार करोड १८ लाख ९३ निर्यात रहेको थियो ।

    सुनको मूल्य तोलामा रु एक सयले बढ्यो ,  प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ

    काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस