Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

नेरूडे मिर्मिरे लघुवित्तका देशभरिका शाखामा तालाबन्दी


नया सडक

२०८१, साउन ८ मंगलबार

  • 582
    Shares

  • नेरूडे मिर्मिरे लघुवित्तका देशभरिका शाखामा तालाबन्दी

    काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्तका देशभरिका शाखामा तालाबन्दी भएको छ । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरू आन्दोलित हुँदै देशभरिका शाखा कार्यालयमा तालाबन्दी गरेका हुन् । लघुवित्तमा कार्यरत कर्मचारीहरूको मनोबल खस्किने गरी पद घटुवा गरेपछि कर्मचारीहरू आन्दोलित बनेका हुन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पुर्याएर बलियो बनाएपनि आफूहरूको योगदान र भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गराएको उनीहरूको आरोप छ ।

    साविक नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जपश्चात् साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक ९ख० पदमा कार्यरत कर्मचारीलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति थियो । तर, मर्जरपश्चात् केन्द व्यवस्थापक पद सिर्जना गरी कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जामा राखेको महसुस भएको उनीहरूले बताएका छन् । त्यसैले केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने मागसहित देशभरिका शाखामा तालाबन्दी गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस