Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

नेपालमा श्रम स्वीकृती लिएर आउने विदेशीहरूमा सबै भन्दा बढी चिनियाँ नागरिक

नेपालमा श्रम स्वीकृती लिएर आउने विदेशीहरूमा सबै भन्दा बढी चिनियाँ नागरिक

  • काठमाडौं ।  रोजगारीका लागि श्रम स्वीकृति लिएर नेपाल आउनेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् ।श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यस्तो जनाएको हो ।

    विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १५ सय युवायुवती बाहिरिने गरेको तथ्यांक रहे पनि नेपालमा ९६ देशका नागरिकले श्रम स्वीकृति लिएर आउनेहरूमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेको विभागले जानकारी सार्वजनिक गरेको छ ।नेपालमा सञ्चालन भएका आयोजनाहरूले पाँच प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान श्रम ऐनमा छ । नेपालमा रहेका एयरलाइन्स, इलेकट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत रहेकाछन् । 

    काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन  नेपालमा  सबैभन्दा बढी विदेशीलाई रोजगारी दिने कम्पनी हो ।तर अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको संख्या घटेको छ । श्रम स्वीकृति लिने विदेशीको संख्या गत वर्ष भन्दा १० प्रतिशतले घटेको विभागको तथ्यांकमा छ । सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या अघिल्लो आर्थिक वर्षभन्दा ३ सय ९ जना कम देखिएको छ । 

    अघिल्लो आवमा नवीकरण र नयाँ गरी २ हजार नौ सय ९४ विदेशीले श्रम स्वीकृति लिएका थिए । तर गत वर्षको सो अवधिमा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको संख्या २ हजार ६८५ रहेको छ । यसमध्ये पनि विदेशी महिला कामदारको संख्या ३४९ रहेको तथ्यांक देखाएको छ । २०७९।८० मा २ हजार नौ सय ९४ जनाले स्वीकृति लिए भने गत आवमा एक हजार २० नयाँ आवेदकलाई श्रम स्वीकृति दिइएको थियो । साथै एक हजार ६६५ जनाको श्रम स्वीकृति नवीकरण गरिएको थियो ।

    पोली चाङ्दा इन्जिनियरिङ कम्पनी, कञ्चनपुर–कमला रोड प्रोजेक्ट, चाइना ओभरसिज इन्जिनियरिङ, साञ्जेन खोला हाइड्रोपावर, हुवासिन नारायणी सिमेन्ट, होङ्सी शिवम् सिमेन्ट, हिमालय एयरलाइन्स, ब्रिटिश स्कुल, लिंकन स्कुल, हुवावे टेक्नोलोजीजस्ता सेवा क्षेत्रमा विदेशी नागरिक कार्यरत रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij