Logo

Nov 26 2024 | २०८१, मंसिर ११गते

images

सवा ३४ करोडका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद


नया सडक

२०८१, साउन ८ मंगलबार

  • 789
    Shares

  • सवा ३४ करोडका  बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद

     

    वीरगञ्ज ।  यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले गत आर्थिक वर्षमा रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ । 

     

     

    सशस्त्र प्रहरी बल नेपाल१३ नं गणका प्रमुख राधेश्याम धिमालले आव २०७९÷८० को तुलनामा आव २०८०÷८१ मा नौ करोड रु ८९ लाख ३७ हजार तीन सय ८२ मूल्य पर्ने सामान तथा उपकरण बढी बरामद गरेको बताउनुभयो । “भन्सार छली गरेर भित्रिएका सामानलाई पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ”, उहाँले भन्नुभयो । “बिलबीजकअनुसार नभएका सामानसहितका मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ । सोही कार्यालयले आवश्यक अनुसन्धान गर्ने गर्छ”, सशस्त्र प्रहरी बल पर्साले आव २०८०÷८१ मा भन्सार छली गरेर भित्रिएका रु १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ मूल्य बराबरकाअवैध समान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ । 

     

    सोही अवधिमा बिलबीजकअनुसार नभएका रु १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले आव २०७९÷८० भने रु २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस