Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

१ लाख घुससहित पक्राउ परेका फुङलिङ नगरपालिका इञ्जिनियरविरुद्ध मुद्दा दायर


नया सडक

२०८१, साउन ८ मंगलबार

  • 453
    Shares

  • १ लाख घुससहित पक्राउ परेका फुङलिङ नगरपालिका इञ्जिनियरविरुद्ध मुद्दा दायर

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इञ्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो । 

    आयोगको टोलीले इञ्जिनियर हुसैनलाई रु एक लाख घुससहित पक्राउ गरेको हो । आयोगले आरोपी हुसैनविरुद्ध बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस