Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

पूर्व राज्यमन्त्री रामचन्द्र रायका हत्यारा उनका सहयोगी भएको प्रहरीको निष्कर्ष


नया सडक

२०८१, साउन ९ बुधबार

  • 174
    Shares

  • पूर्व राज्यमन्त्री रामचन्द्र रायका हत्यारा उनका सहयोगी भएको प्रहरीको निष्कर्ष

    काठमाडौं । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायसँग बस्ने सहयोगीले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा साउन ७ मा मृत भेटिएका पूर्व राज्यमन्त्री रायलाई उनका सहयोगी २१ वर्षीय राम उजेन रायले हत्या गरेका हुन् ।

    प्रहरीसँग आरोपीले हत्या गरेको स्वीकारेका छन् ।  उनले यसअघि हत्याको विषयमा तीन जना सहयोग माग्न आएको र राति बास बसेर हत्या गरेको कथा बनाएका थिए ।रतनपुरमा राज्यमन्त्रीका ३ वटा घर छन् । तीमध्ये एउटा घरमा सहयोगी राम उजेन उनीसँगै बस्दै आएका थिए । घरको काम बिगारेको भन्दै गाली गरेपछि आवेशमा एक प्रकारको बन्चरोले  हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।

    प्रतिक्रिया दिनुहोस