Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

‘न्यायमा पहुँच अभिवृद्धिका लागि पीडितमैत्री न्याय प्रणालीको सुदृढीकरण आवश्यक छ’


नया सडक

२०८१, साउन ९ बुधबार

  • 312
    Shares

  • ‘न्यायमा पहुँच अभिवृद्धिका लागि पीडितमैत्री न्याय प्रणालीको सुदृढीकरण आवश्यक छ’

     

    सिरहा ।उच्च अदालत जनकपुर, राजविराज इजलासका मुख्य न्यायाधीश वामदेव ज्ञावलीले आमनागरिकको न्यायमा पहुँच अभिवृद्धिका लागि पीडितमैत्री न्याय प्रणालीको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ । 

     

    आज सिरहाको धनगढीमाई नगरपालिका र समग्र जनउत्थान केन्द्र लहानद्वारा संयक्त रूपमा आयोजित ‘संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना–२ कोे न्यायिक पहुँचसम्बन्धी कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

     

    मुख्य न्यायाधीश ज्ञावलीले सामाजिक न्यायसहितको पीडितमैत्री न्यायसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । “सामाजिक न्यायलाई सम्बोधन गर्न न्यायमा पहुँच अभिवृद्धि गर्नैपर्छ । यसका लागि पीडितमैत्री न्यायसम्पादनगरी कानुनी सहायतालाई प्रभावकारी बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिदेखि राज्यका सबै तह र तप्काले नागरिकको न्यायको पहुँचमा देखिएको अवरोध हटाउन सहयोग गर्नुपर्छ ।” यसैगरी उहाँले प्रक्रिया र प्रणालीको पालनागरी मेलमिलापमैत्री समाजको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

     

    कार्यक्रममा धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले हरेक नागरिकको सर्वसुलभ रूपमा न्यायमा पहुँच अभिवृद्धि गरिनुपर्नेमा धारणा राख्नुभयो । नगरपालिका उपप्रमुख सङ्गीताकुमारी चौधरीले न्यायिक क्षेत्रमा देखिएका समस्या पहिचान गर्न तथा निरुपण गर्न चुनौती रहेको बताउनुभयो । 

     

    समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले सबै जनाको साथ र सहकार्यमा नागरिकको न्यायमा पहुँच अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । जोखिममा रहेका जनसङ्ख्या तथा विशेषगरी महिला, दलित, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक, गरिब तथा सिमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्न युएनडिपीको सहयोगमा आफ्नो संस्थाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस