Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन गर्ने मन्त्रीपरिषद बैठकको निर्णय


नया सडक

२०८१, साउन ९ बुधबार

  • 519
    Shares

  • सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन गर्ने मन्त्रीपरिषद बैठकको निर्णय

    काठमाडौँ ।  मन्त्रीपरिषद बैठकले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । आज आकस्मिक रूपमा बोलाइएको बैठकले छानबिन समिति गठन गरेको हो ।उक्त समितिको रतिशलाल कर्णको संयोजकत्व गर्नेछन् भने गठित समितिमा ५ सदस्य रहेका छन् । नेपाल वायुसेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी यस आयोगका सदस्य रहेका छन् भने नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगले ४५ दिनभित्र प्रतिवेदन पेश गरिसक्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस