Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र


नया सडक

२०८१, साउन १३ आइतबार

  • 360
    Shares

  • झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र

    बनियानी । एक वर्षमा  झापामा ४७ किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो ।

    समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छभने २३ दशमवल तीन दुई किलोमिटर ग्राभेल गरिएको छ । चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन् । 

    झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किलोमिटर सडक मर्मत, चार दशमवल दुई सय ८२ किलोमिटर ग्राभेल, तीन किलोमिटर कच्ची सडक, दुई दशमवल दुई पाँच किलोमिटर सोलिङ र शून्य दशमलव तीन सय ५५ किलोमिटर सडक कालोपत्र गरेको तथा दुईवटा मोटरेबल पुल निर्माण गरेको कार्यालयका सूचना अधिकारी उत्तम खरेलले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस