काठमाडौं । रामेछाप सांस्कृतिक कलाकार समाज रामेछापको अध्यक्षमा उत्तम पौडेल चयन भएका छन् । समाजको शुक्रवार भएको १५ औँ साधारण सभा तथा पाँचौँ अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सन्ध्या सानु ,उपाध्यक्षमा गोविन्द गौतम,कल्पना सुनुवार र राम कुमार नेपाली चयन भएका छन । त्यस्तै महासचिवमा गुणराज श्रेष्ठ चयन भएका छन् । समाजको प्रवक्तामा खमेश श्रेष्ठ, सचिवमा सबिन चौहान, सह–सचिवमा महेस सुनुवार चयन भएका हुन् । त्यस्तै कोषाध्यक्षमा सङ्गिता के।सी, सह–कोषाध्यमा बबिता पोख्रेल चयन भएका छन् । त्यस्तै दीपक लाखे, नकुल प्रसाद गौतम, रिता कार्की,वीर बल माझी चयन भएका छन ।
रामेछाप घर भएर सांगीति क्षेत्रमा लागेकाहरूको समाजले गीत संगीतको क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । साथै कलाकारहरूको हक हितसहित पीडामा परेकाहरूलाई सहयोग समेत गर्ने गरेको निर्वतमान अध्यक्ष रामकुमार कार्कीले बताए । रामेछाप घरभई संगीतको क्षेत्रमा राष्ट्रिय/अन्तराष्ट्रिय पहिचान बनाउन सफल कलाकारहरुमा कल्याण कुमार कार्की, रोज मोक्तान,सिता थापा ,राजेन्द्र कुमार कार्की,प्रकास कटुवाल,ससिकला मोक्तान,रामकुमार पौडेल,कुमार कार्की,केसर कालिकोटे अमृत सुनुवार,उत्तम पौडेल,महेस सुनुवारलगाएत थुप्रै कलाकारहरु छन