Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

आज काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा सार्वजनिक बिदा


नया सडक

२०८१, साउन १३ आइतबार

  • 429
    Shares

  • आज काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा सार्वजनिक बिदा

    काठमाडौँ ।आज काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा सार्वजनिक बिदा रहेको छ। कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा आइतबार सार्वजनिक बिदा दिइएको हो ।


    काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यससँगै, आज आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालय तथा सार्वजनिक कार्यालय बन्द रहने भएको छ ।

    गत बिहिबार उपचारका क्रममा मेयर नकर्मीको वीर अस्पतालमा मृत्यु भएको थियो। उनी  मिर्गौला रोगबाट पीडित थिए ।

    प्रतिक्रिया दिनुहोस