Logo

Nov 26 2024 | २०८१, मंसिर ११गते

images

आज प्रतिनिधिसभाको बैठक बस्दै , दुई मन्त्रीले जबाफ दिने


नया सडक

२०८१, साउन १४ सोमबार

  • 420
    Shares

  • आज प्रतिनिधिसभाको बैठक बस्दै , दुई मन्त्रीले जबाफ दिने

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुनेछ। बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    यस्तै सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२)बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची छ।

    सभामुख घिमिरेले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस