काठमाडौं एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदा दिन सकिनेछ । यसमा लगानीकर्ताले न्यूनतम ७०७ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरुमा पेश गर्न सकिनेछ ।