Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधवार बाँडफाँट हुने


नया सडक

२०८१, साउन १४ सोमबार

  • 612
    Shares

  • सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधवार बाँडफाँट हुने

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आइतवार प्रि अलोटमेन्ट सम्पन्न गरी बुधवार अन्तिम बाँडफाँटको तयारी गरेको हो । 
    सूर्योदय वोमी लघुवित्तले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा ४६ हजार ७२९ कित्ता एफपीओ साउन ४ गतेदेखि ८ गतेसम्म विक्री गरेको हो । कम्पनीको एफपीओ खरीदका लागि १६ लाख ५९ हजारभन्दा बढीको आवेदन परेको छ । यी आवेदकहरूबाट २ करोड ३८ लाख ६३ हजारभन्दा बढी कित्ता एफपीओ खरीद माग भएको जानकारी समेत सिडिएससीले दिएको छ । भाग्यमानी ४ हजार ६७२ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन् । 

    प्रतिक्रिया दिनुहोस