Logo

Apr 05 2025 | २०८१, चैत २३गते

Apr 05 2025 | २०८१, चैत २३गते

images

सहकारी ठगीमा संलग्न रहेकाहरूमा कस कसलाई देश फिर्ता ल्याउन लागेका हुन् गृहमन्त्री लेखकले ?

सहकारी ठगीमा संलग्न रहेकाहरूमा कस कसलाई देश फिर्ता ल्याउन लागेका हुन् गृहमन्त्री लेखकले ?

  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्न रहेकाहरू मध्ये विदेशबाट १८ जनालाई फिर्ता ल्याउन लागेका छन् ।सहकारी ठगीको विषयमा छानबिन गर्न बनेको संसदीय समितिले सोमबार गृहमन्त्री रमेश लेखकलाई यस्तो निर्देशन दिएको हो ।गृहमन्त्री लेखक, गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर लगायतसँग सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा सहभागी भएका बेला समितिका  संयोजक सूर्यबहादुर थापाले गृहमन्त्रीलाई विदेशमा रहेका १८ जनाको नाम दिएका थिए।

    समितिले नाम दिएकोमा सूर्यदर्शन सहकारीकामा फरार रहेका जीबी राई पहिलो नम्बरमा रहेका छन्। सोही सहकारीका ज्ञानबहादुर बम्जन, भुपेन्द्र राई, थानबहादुर बुढामगरको नाम पनि सूचीमा छन् ।यसैगरी सुमेरु सहकारी ललितपुरका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जनको नाम पनि सूचीमा  छ।

    हालसम्म धेरै ठगी गरेको सहकारी मध्येको शिव शिखर सहकारीका तेजबहादुर बम्जन र लीलानाथ गौतम पनि नाम विदेशबाट ल्याउनुपर्ने सूचीमा राखिएको छ ।इमेज सहकारीबाट देवकुमार नेपाली, दीपक पौडेल र छेदा नेपाली, सानोपाइला सहकारी वीरगंजबाट तस्विरन खातुन र असरफ अली, चितवनको सहारा सहकारीका सुवास केसी, काठमाडौंको मेघा ड्रिम सहकारीका महाशंकर रेग्मी र कान्तिपुर कोअपरेटिभका प्रेमध्वज लामाको नाम पनि गृहमन्त्रीलाई दिइएको सूचीमा सामेल छ।

    सूची बुझेपछि गृहमन्त्री लेखकले सहकारीको बचत रकम हिनामिना गरि फरार भएकाहरुलाई पक्राउ गर्ने काम प्राथमिकतामा राखी काम गरिरहेको बताए ।नेपाल प्रहरीले सहकारी ठगीमा ६ जनालाई इन्टरपोलको सहयोगमा नोटिस जारी गरि नेपाल ल्याउने प्रक्रिया समेत थालिसकेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij