Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

तोलामा रु एक सयले घट्यो सुनको मूल्य

तोलामा रु एक सयले घट्यो सुनको मूल्य

  • काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार निर्धारण भएको छ ।

    यस्तै, सोमबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज रु एक लाख ४५ हजार तीन सय निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ४० निर्धारण भएको छ ।(रासस)

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij