काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओ आज बुधबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले बिहान ८ बजे एफपीओ बाँडफाँट गरेको हो । जसमा ४ हजार ६७२ जनाले १० कित्ताका दरले ४६ हजार ७२९ कित्ता सेयर हात पारेका छन् । बाँकी रहेको ९।५४ कित्ता ९ जनालाई १:१ कित्ताला दरले बाँडफाँट गरिएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।