Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

गत आवमा रिफिल नहुने पकेट ग्यास लाइटरको आयात करिब ७ गुनाले बढ्यो , कुल आयात ५५ करोड १४ लाख बढी


नया सडक

२०८१, साउन १६ बुधबार

  • 786
    Shares

  • गत आवमा रिफिल नहुने पकेट ग्यास लाइटरको आयात करिब ७ गुनाले बढ्यो , कुल आयात ५५ करोड १४ लाख बढी

    काठमाडौं । गत आर्थिक वर्ष २०८०÷८१मा ग्यास रिफिल नहुने पकेट ग्यास लाइटरको आयात अघिल्लो आर्थिक वर्ष २०७९÷७९मा भएको आयातको करिब ७ गुना बढी आयात गरिएको छ ।गत आवमा ग्यास रिफिल नहुने पकेट ग्यास लाइटर  ५५ करोड १४ लाख ९९ हजार ६ सय ४९ थान आयात भएको भन्सार विभागले जनाएको हो ।

    अघिल्लो आर्थिक वर्ष २०७९÷८०मा ग्यास रिफिल नहुने पकेट ग्यास लाइटरको आयात ८ करोड ८५ लाख ६८ हजार  ५ सय ९ थान भएको भन्सार विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।यसैगरी रिफिल हुने पकेट ग्यास लाइटरको आयातमा तुलनात्मकरूपमा झिनो आयात वृद्धि भएको देखिन्छ ।

    गत आव २०८०÷८१मा २४ लाख २१ हजार २ हजार ८९ थान आयात भएको छ । अघिल्लो आवको तुलनामा रिफिल हुने पकेट ग्यास लाइटरको करिब ३ लाख थानले बढी आयात भएको छ ।अघिल्लो आव २०७९÷८०मा २१ लख ६८ हजार ५सय २३ थान रिफिल हुने पकेट ग्यास लाइटरको आयात भएको थियो ।

    प्रतिक्रिया दिनुहोस