Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

काठमाडौ जिल्ला अदालतद्वारा नमस्ते सहकारीका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी


नया सडक

२०८१, साउन १६ बुधबार

  • 390
    Shares

  • काठमाडौ जिल्ला अदालतद्वारा नमस्ते सहकारीका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले  काठमाडौँको तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारीका ८ जनालाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।  काठमाडौं जिल्ला अदालतले नमस्तेका अध्यक्ष रविन्द्र थापा, श्रद्धा मगर, सुधन पाण्डेय, जानुका सुवेदी, शनी शाक्य, दिनेश राज सिग्देल, श्रवण मगर र अर्जुन भट्टराईविरुद्ध पक्राउ पुर्जी जारी  गरेको हो ।  

    नमस्ते बचत तथा ऋण सहकारीका प्रबन्धक गणेश सिजापति कारागारमा छन् । २०८० माघमा उनलाई इन्टरपोलको सहयोगमा प्रहरीले नेपाल ल्याएर मुद्दा चलाएको थियो । यसअघि तिनकुनेमा कार्यालय रहेको सहकारीको कार्यालय अहिले बन्द छ ।

     

    प्रतिक्रिया दिनुहोस