Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

बाढी र डुबान : काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट ७० जनाको उद्धार


नया सडक

२०८१, साउन १६ बुधबार

  • 564
    Shares

  • बाढी र डुबान : काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट ७० जनाको उद्धार

     

    काठमाडौँ । गएरातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ । 

     

    काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सो क्रममा उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ । 

     

    कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँमा १० पुरुष, ६ महिला र दुई बालबालिका गरी १८ जना तथा ललितपुरका १३ पुरुष आठ महिला र तीन बालबालिका गरी २४ जनाको उद्धार गरिएको छ । 

     

    यस्तै भक्तपुरमा १३ पुरुष, ११ महिला र चार बालबालिकागरी २८ जनाको उद्धार भएको मैनालीले जानकारी दिनुभयो । 

     

    उहाँका अनुसार काठमाडौँमा बाढीले बगाएर एक जनाको ज्यान गएको छ । काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको बल्खु पुलमुनि अड्किएको अवस्थामा बिहान शव फेला परेको हो । 

     

    प्रहरीले उपत्यकाका तीनवटै जिल्लाबाट सात सयभन्दा बढी पशुचौपाय तथा कुखुराको पनि उद्धार गरिएको छ । गएरातिको भारी वर्षा पनि उपत्यका भएर बग्ने सबै खोला तथा नदीमा बहाब बढ्दा नदी किनारका धेरै क्षेत्र डुबानमा परेको थियो ।

    प्रतिक्रिया दिनुहोस