Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

ड्राइफ्रुट्सका कारोबारी खोज्दै राजस्व अनुसन्धान विभाग, ड्राइफ्रुट्सका ठुला कारोबारी सतीश जयसवाललाई विभागमा बोलावट , अर्का  ठुला कारोबारी राजेश हरलालका को हुन ?


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 1.9k
    Shares

  • ड्राइफ्रुट्सका  कारोबारी खोज्दै राजस्व अनुसन्धान विभाग, ड्राइफ्रुट्सका ठुला कारोबारी सतीश जयसवाललाई विभागमा बोलावट , अर्का  ठुला कारोबारी राजेश हरलालका को हुन ?

    काठमाडौं /वीरगञ्ज । ड्राइफ्रुट्स र मसलाजन्य मालवस्तुमा ठुलो मात्रामा राजस्व छली भइरहेको निष्कर्ष निकाल्दै राजस्व अनुसन्धान विभागले ड्राइफ्रुट्स र मसलाजन्य मालवस्तुको ठुला कारोबारीहरूको खोजी गरिरहेको छ । राजस्व अनुसन्धान विभागले ड्राइफ्रुट्स र मसलाजन्य वस्तुहरूको आयातकर्ता  तथा बिक्रेता सतीश जयसवालले सञ्चालन गरिरहेका फर्महरूमा निगरानी बढाएको हो । 

    विभागले  ड्राइफ्रुट्स तथा मसलाजन्य मालवस्तुको कारोबार गर्ने सतीश जयसवालका फर्महरूलाई पत्र काटेर आयात तथा बिक्री वितरणको यथार्थ विवरण पठाउन भनेको छ । विभागले सतीश जयसवालले कालीमाटी, कुलेश्वर र न्यूरोडको मखनमा सञ्चालन गरेका पसल र फर्म तथा कारोबारहरूको विवरण विभागलाई उपलब्ध गराउन भनेको छ ।

    विगत लामो समयदेखि   ड्राइफ्रुट्स तथा मसलाजन्य वस्तुको ठुलो कारोबार गर्दै आएका सतीश जयसवालको घरजग्गा तथा अन्य सेक्टरमा समेत ठुलो लगानी भएको रहेको बताइन्छ । विभिन्न फर्महरू मार्फत् कारोबार गर्दै आएका सतीशको मुख्य कारोबारस्थल कालीमाटी, कुलेश्वर र मखन रहेको बताइन्छ ।

    यस्तै ड्राइफ्रुट्स र मसलाजन्य वस्तुको ठुलो कारोबार गर्दै आएका राजेश कुमार हरलालकाको पनि मुख्य कारोबारस्थल कालीमाटी /कुलेश्वर हो । हरलालका एग्जिम प्रालिको नाममा कारोबार गरिरहेका हरलालकाका अन्य फर्महरू समेत रहेको बताइन्छ । केही दिन अगाडि हरलालका एग्जिम प्रालिको नाममा आएको ६ हजार केजी काजु, मेथी ज्वानोलगायतका मालवस्तु पर्सा प्रहरीले पक्राउ गरेको थियो ।

    हरलालकाको केही समय अगाडि पर्सा वीरगञ्जको रेशम कोठीमा हरलालका इन्टरप्राइजेज नामक व्यापारिक फर्म थियो । उक्त फर्म मार्फत् ठुलो कारोबार गर्दै आएका राजेश हरलालका ड्राइफ्रुट्स तथा मसलाजन्य मालवस्तुका ठुला आयातकर्ता र ठुला बिक्रेता गनिन्छन् । विगत लामो समयदेखि ड्राइफ्रुट्स तथा मसलाजन्य मालवस्तुको कारोबार गर्दै आएका राजेश हरलालका र उनका कम्पनीले पनि ठुलो मात्रामा राजस्व छल्दै आएको बताइन्छ ।

    यस्तै पर्साको वीरगञ्जमा पनि ड्राइफ्रुट्स तथा मसलाजन्य मालवस्तुका ठुला कारोबारीहरूको निगरानी राजस्व अनुसन्धान विभागले बढाएको छ । राजस्व अनुसन्धान विभागले मालवस्तुको चोरी तस्करी भएर आउने निष्कर्ष निकाल्दै निगरानी बढाएको हो ।भन्सार विभागको तथ्यांक र बजारको खपत हेर्दा आधा भन्दा बढी ड्राइफ्रुट्स तथा  मसलाजन्य वस्तुहरू चोरी तस्करी मार्फत आउने र सिधै बजारसम्म पुग्ने गरेको सम्बद्ध क्षेत्रका स्रोतले नयाँ सडकलाई  बतायो ।

    प्रतिक्रिया दिनुहोस