Logo

Sep 16 2025 | २०८२, भदौ ३१गते

Sep 16 2025 | २०८२, भदौ ३१गते

images

यो जुलाईमा गत वर्षको तुलनामा विदेशी पर्यटक आगमन वृद्धि तर जुनको महिनाको तुलनामा घट्यो

यो जुलाईमा गत वर्षको तुलनामा विदेशी पर्यटक आगमन वृद्धि तर जुनको महिनाको तुलनामा घट्यो

  • काठमाडौं। गत वर्षको तुलनामा यो जुलाईमा विदेशी पर्यटकको आगमन बढेको भएपनि गएको जुनको महिनाको तुलनामा घटेको छ। जुलाई महिनामा कुल ६४ हजार ५सय ९९ पर्यटक हवाई मार्ग भइ। नेपाल आएका हुन् ।

    नेपाल पर्यटन बोर्डले जनाए अनुसार यो संख्या पोहर जुलाईको तुलनामा ११.९१ प्रतिशतले बढी हो ।यो गत जुनको भन्दा कम हो । गत जुनमा हवाई मार्गबाट आउने विदेशी पर्यटकहरूको संख्या ७६ हजार ७ सय ३६ थियो ।

    जुलाईमा सबैभन्दा धेरै २१ हजार ४ सय ९१ पर्यटक  भारतबाट  आए । यस्तै अमेरिकाबाट ७ हजार ८६४, चीनबाट ६ हजार ८१९, बेलायतबाट ३ हजार ८०६, बंगलादेशबाट ३ हजार ४७०, अस्ट्रेलियाबाट १ हजार ९०१, दक्षिण कोरियाबाट १ हजार ५३७, मलेसियाबाट १ हजार १२५ र जापानबाट १ हजार ११४ पर्यटक आएको तथ्यांक छ।

    यो वर्ष मार्च महिनामा १ लाख २८ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। अप्रिलमा त्यो संख्या १ लाख ११ हजारमा झरेकामा मेमा ९० हजार पर्यटक विभिन्न गन्तव्यमा पुगेका थिए।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij