Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सहकारी पीडितहरूको रत्नपार्क क्षेत्रमा प्रदर्शन


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 441
    Shares

  • सहकारी पीडितहरूको रत्नपार्क क्षेत्रमा प्रदर्शन

    काठमाडौं । सहकारी पीडितहरुले आज बिहीबार  काठमाडौंको रत्नपार्क क्षेत्रमा मा प्रदर्शन गरेका छन् । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरेपनि कार्यान्वयन नगरेको आरोप लगाइ  पीडितहरुले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

    सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को नेतृतवमा सो प्रदर्शन गरिएको हो ।  बचत फिर्ताका लागि विभिन्न चरणमा गरिएको आन्दोलन अनुसार सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि गत जेठ ११ गतेदेखि उनीहरुले रिले अनशन गरेका थिए । रिले अनशन ६५ दिन पूरा गर्दा पनि सरकार संवेदनहीन भएको पीडितहरुले  गुनासो  पोखे ।

    त्यसैले महासंघले रत्नपार्क क्षेत्रमा मानव साङ्लोसहित प्रदर्शन गर्ने र हस्ताक्षर अभियान पनि चलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सहकारी पीडितहरु मुखमा टेप लगाएर प्रदर्शनमा सहभागी छन् ।उनीहरुले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

    प्रतिक्रिया दिनुहोस