Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

अर्थतन्त्र सुस्त रहेका बेला निर्जीवन बीमा कम्पनीको व्यापारमा वृद्धि


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 453
    Shares

  • अर्थतन्त्र सुस्त रहेका बेला निर्जीवन बीमा कम्पनीको व्यापारमा वृद्धि

    काठमाडौं। गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीको व्यापार वृद्धि भएको छ । आर्थिक गतिविधि सुस्त रहेका बेला निर्जीवन बीमा कम्पनीको  गत आर्थिक वर्ष २०८०÷८१ मा ३.११ प्रतिशतले व्यापार बढेको हो ।

    नेपाल बीमा प्राधिकरणले जनाए  अनुसार गत वर्ष ४ वटा लघुसहितका निर्जीवन बीमा कम्पनीले ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरे । उनीहरुले अघिल्लो आव २०७८÷७९ मा ४० अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।कम्पनीहरुले बीमा पोलिसी बिक्री बढाएकाले बीमा शुल्क आर्जन बढेको हो । २०७९÷८० मा २७ लाख ९२ हजार ५१६ बीमा पोलिसी जारी गरेका कम्पनीहरुले गत वर्ष ६.६१ प्रतिशतले बढाएर २९ लाख ७७ हजार ११६ पोलिसी बिक्री गरे ।

    शिखर इन्स्योरेन्सले सबै भन्दा बढी ५ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २.९० प्रतिशतको वृद्धि हो ।सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको व्यापार भने सबै भन्दा बढी ३१.०१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २ अर्ब ३१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको कम्पनीले गत आवमा  १ अर्ब ५९ करोड रुपैयाँमात्र व्यापार ग¥यो । प्रिमियम संकलन युनाइटेड अजोडको २०.२३ र सिद्धार्थ प्रिमियरको ५.६४ प्रतिशतले घटेको छ।

    प्रतिक्रिया दिनुहोस