Logo

Sep 17 2025 | २०८२, असोज १गते

Sep 17 2025 | २०८२, असोज १गते

images

थाइ एयर एसियालाई साताको चार उडान भैरहवाबाट गर्न नागरिक उड्डयन प्राधिकरण (क्यान)को अनुमति

थाइ एयर एसियालाई साताको चार उडान भैरहवाबाट गर्न नागरिक उड्डयन प्राधिकरण (क्यान)को अनुमति

  • काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान संचालन गर्ने निर्णय गरेको छ।प्राधिकरणले पाँच वर्षपछि नेपालमा फेरि  व्यावसायिक उडान सुरु गर्न लागेको एयर एसिया अन्तर्गत थाइ एयर एसियालाई साताको चार उडान भैरहवाबाट गर्न प्राधिकरणले स्वीकृति दिएको हो । 

    प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन यस्तो निर्णय गरेका हुन् ।यो वायुसेवा कम्पनीले डिसेम्बरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साताको ३ वटा र भैरहवाबाट साताको ४ गरी  कुल ७  वटा उडान गर्ने  स्वीकृति पाएको प्राधिकरण स्रोतको भनाइ छ ।

    यो वायुसेवाले मासिक १ करोड २५ करोड रुपैयाँ बक्यौता किस्ता तिरिरहेको छ ।एयर एसियाले गत फेब्रुअरीबाट  विमानस्थललाई बुझाउन बाँकी रहेको बक्यौता रकम मासिक किस्तामा तिरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij