Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

स्टयाण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ३ अर्ब ३० करोड ८९ लाख


नया सडक

२०८१, साउन २० आइतबार

  • 180
    Shares

  • स्टयाण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ३ अर्ब ३० करोड ८९ लाख

     काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले  गत आर्थिक वर्षमा ३ अर्ब ३० करोड ८९ लाख बढी मुनाफा गरेको छ ।यो मुनाफा अघिल्लो वर्षको तुलनामा ४.५१ प्रतिशतले घटी हो । अघिल्लो आर्थिक वर्ष २०७९÷८०मा ३ अर्ब ४६ करोड ५३लाख ३० हजार रहेकोमा गत वर्ष ३ अर्ब ३० करोड ८९ लाख ५४ हजार मात्र रहेको सो बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरे अनुसार बैंकको खुद नाफा र ब्याज आम्दानी दुवै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशत र सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६६ पैसा घटेर ३५ रुपैयाँ ९ पैसामा सीमित छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१८ रुपेयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.२१ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५० पैसा छ।

    ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यो बैंकको जगेडा कोषमा ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    प्रतिक्रिया दिनुहोस