Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर ९ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर ९ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर ९ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सानिमा जीआइसी इन्सुरेन्सले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न , सेबोनसँग माग्यो अनुमति

    काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०: २.५ अनुपातमा ५० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ ।

    ङादी ग्रुप पावरलाई हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले ङादी ग्रुप पावर लिमिटेडलाई १ बराबर १ अर्थात, शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । 

     

    कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ ।

    नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने तयारीमा सरकार, अन्तार्वार्ता दिएकाहरू चार जना पुगेपछि क्याबिनेटमा लान सिफारिस गरिँदै

    काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त रहेको पदमा  अध्यक्ष नियुक्ति गर्ने तयारी गरेको छ । सरकारले सिफारिस गरिने तीन जना मध्ये एक जनालाई नियुक्त गर्ने भएको हो ।अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सेबोन अध्यक्ष नियुक्त गर्ने तयारी गरिएको छ । सिफारिस समितिले आज तीन जनाको नाम सिफारिस गर्ने भएको छ ।  त्यो सिफारिस अर्थमन्त्रीले सोमबारको मन्त्रिपरिषद् बैठकमा लाने तयारी गरिरहेका छन् ।

     

    सेबोन अध्यक्ष नियुक्तिका लागि परेका आवेदनहरूबाट सर्टलिस्टमा परेका ५ जनामध्ये ४ जनाबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी संयोजक रहेको समितिले तीन जनाको नाम सिफारिस गर्न लागेको हो।सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ दुईजनाले यसअघि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति गरेका थिए । बाँकी तीन जना मध्ये दुई जनाले अन्तवार्ताका लागि सहभागी भएपनि सिफारिश समितिलाई सिफारिश गर्न स्थिति बनेको हो ।

    शेयर बजार : नेप्से परिसूचकमा १३.०३ अंकले घटेर  २६६७.४० बिन्दुमा, ७ अर्ब ७२ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा १३.०३ अंकले घटेर  २६६७.४० बिन्दुमा आएको छ । आज २ वटा समूहको सूचकमात्र बढेका छन् । ७ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

     


    यस दिन ३ सय २२ कम्पनीको १ करोड ५२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६० करोड ८७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् ।

    श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको  साधारण सभा मङ्सिर ३० गते , आईपीओ निष्कासन गर्ने

    काठमाडौं ।  श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले साधारण सभा आयोजना गरेको छ ।

     

    कम्पनीको मङ्सिर ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मङ्सिर ३० गतेका लागी विशेष साधारण सभा आयोजना गरेको छ ।  

    उक्त सभा बुटवलमा रहेको होटल जेनेभामा दिनको १ बजेदेखि आयोजना हुनेछ ।

    जीवन विकास लघुवित्तले १४.७४ प्रतिशत लाभांश वितरण गर्ने

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १४ दशमलव ७३६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

     

    हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ रहेको छ ।

    धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता सकियो, दुई जनामात्रै उपस्थित

    काठमाडौैं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि सर्टलिस्टमा परेकामध्ये आइतवार २ जना उम्मेदवारको अन्तर्वार्ता सम्पन्न भएको छ ।

     

    अर्थ मन्त्रालय स्रोतका अनुसार आजको अन्तर्वार्ता  सहभागि भएका धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको अन्तर्वार्ता सकिएको अर्थ मन्त्रालयले जनाएको हो ।  

    आज ३ जनालाई अन्तर्वार्तामा बोलाए पनि २ जना मात्रै उपस्थित भएका थिए ।

    एनएमबि बैंकको १ लाख ८० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

     

    सर्वसाधारण लगानीकर्तामा विक्री गरिएपनि यी शेयर संस्थापक समूहमै रहने जानकारी समेत कम्पनीले दिएको छ । प्रतिकित्ता ११० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

    मिडिल मोदी हाइड्रोपावरको साधारण सभा पुस ३ गते , ओइपीओ जारी गर्ने प्रस्ताव

    काठमाडौ । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आइपीओ प्रस्ताव सहित पुस ३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा यस कम्पनीको सभा कक्ष, सानेपा, ललितपुरमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ओइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

    मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १० प्रतिशत लाभांश वितरण गर्ने

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकको शुक्रबारबसेको सञ्चालक समिति बैंठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ९.५०७९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५००४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

    माउन्टेन इनर्जी नेपालले दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने

    काठमाडौं । माउन्टेन इनर्जी नेपालले दुध खोला जलविद्युत आयोजना (६५ मे.वा) मा लगानी गर्ने भएको छ । यस कम्पनीको मंसिर ६ गते बसेकोस ञ्चालन समिति बैठकले सिता हाइड्रोपावर कम्पनी अन्तर्गत रहेको दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको हो ।

    धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता सुरु ,तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गरिदैं

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्ष पदका लागि अन्तर्वार्ता सुरु भएको छ । आज बिहानदेखि व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता लिन सुरु गरिएको हो ।
    बोर्ड अध्यक्ष सिफारिस समितिले कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा। नवराज अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।सिफारिस समितिले गत कात्तिक २९ गते एक सूचना जारी गर्दै तीनै जनालाई आज बोलाएको थियो । यसअघि गत असोज १८ गतेका लागि प्रस्तुतिकरणका लागि बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। शिवराज अधिकारी बिरामी परेपछि स्थगति भएको थियो ।

    आजको लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ र बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

    डिजिटलाइजेशन नीतिगत विपरीत बजारमा नोट प्रवाह बढ्दै, असार मसान्तसम्म ६ खर्ब ९० अर्ब बढी रकमका नोट चलनचल्तीमा

    काठमाडौँ । डिजिटलाइजेशन द्रुतगतिमा बढाइने सरकारको नीतिसँग अमिल्दो प्रवृति नोट प्रवाहमा देखिएको छ ।गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकले ७३ अर्ब ९९ करोड ९० लाख रुपैयाँ बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू पठाएको देखिएको छ ।तुलनात्मकरूपमा ७५ प्रतिशत बढीका दरले नोट प्रवाह भएको देखिएको हो ।

     

    अघिल्लो आर्थिक वर्षमा ४२ अर्ब २२ करोड ७५ लाख रुपैयाँ बराबर हुनेगरी ४६ करोड ६२ लाख ५० हजार थान नयाँ नोटहरू प्रचलनमा ल्याउन बजारमा पठाइएको थियो ।

    सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्क राष्ट्रको सम्बन्ध बलियो बनाउन पत्रकारिताजगत् भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । 

     

    बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा आज सार्क जोर्नालिस्ट एसोसिएसनले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले पत्रकारिताले वाक स्वतन्त्रता, मानव अधिकारको रक्षा र भिन्न मुलुक बीचको सम्बन्ध स्वच्छ तथा प्रगाढ बनाउन सघाउने बताउनुभयो । उहाँले एसोसिएसनले पत्रकार र पत्रिकारिताको उन्नतिका लागि गर्दैआएको कार्यको प्रशंसा गर्नुभयो ।

    निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आग्रह

    काठमाडौँ । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कानुन तथा आचारसंहिता विपरीतका कार्यमा सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ ।

     

    उपनिर्वाचन प्रचारप्रसार लगायतका कार्यमा निर्वाचन आचारसंहिताको पालना गर्न÷गराउन राजनीतिक दल, उम्मेदवार र सम्बन्धित निकायलाई आयोगबाट निर्देशनसमेत भइसकेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    यसैबीच, सवारीसाधनमा ‘लाउड स्पिकर’ को प्रयोग गरी निर्वाचन प्रचारप्रसार भइरहेको भन्ने सूचना आएको हुँदा यस्ता सवारीसाधन कब्जामा लिई आवश्यक कानुनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिई सकिएकाले आचारसंहिताविपरीत हुने कार्य नगर्न सम्बन्धित सबैमा आयोगले पुनः स्मरण गराएको छ ।

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गर्नुभएको छ । साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतानुसार बैंकका ग्राहकहरुले समाज डेन्टलमा बैंकको डेबिट/क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । यसका साथै, बैंकका ग्राहकहरुले एक्सरे बाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् ।

    कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो

    काठमाडौँ । बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी  संयुक्त राष्ट्रसङ्घीय प्रारुपमहासन्धी (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन ९कोप–२९० टुङ्गिएको छ । शुक्रबार नै कोप सकिने पूर्वतालिका रहे पनि सहमति जुट्न नसकेपछि दुई दिन लम्बिएर कोप सकिएको हो । 

     

    कोप–२९ ले जलवायु वित्त, कार्बन बजार, अनुकूलन, र लैङ्गिक समानताको क्षेत्रमा नयाँ आयाम थप्दै विश्वव्यापी जलवायु कार्यलाई एकीकृत गर्न महत्त्वपूर्ण योगदान दिएको र अब थप परिणाममुखी निर्णय लिन विश्वभरिका देशहरूले तयारी गर्ने युएनएसिसिसीको सचिवालयले जनाएको छ ।

    धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता सकियो, दुई जनामात्रै उपस्थित

    काठमाडौैं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि सर्टलिस्टमा परेकामध्ये आइतवार २ जना उम्मेदवारको अन्तर्वार्ता सम्पन्न भएको छ ।

     

    अर्थ मन्त्रालय स्रोतका अनुसार आजको अन्तर्वार्ता  सहभागि भएका धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको अन्तर्वार्ता सकिएको अर्थ मन्त्रालयले जनाएको हो । 

    सीजी मोटर्सद्वारा बागडोल, ललितपुरमा नयाँ अत्याधुनिक सर्भिस सेन्टरबाट सेवा शुभारम्भ

    काठमाडौँ । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ। यो काठमाडौँ भ्यली मा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो। साथै, च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौँमा अब चारवटा सेवा केन्द्र पुगेका छन्।
    उक्त अत्याधुनिक सेवा केन्द्रको उद्घाटन सीजी समूहका अध्यक्ष तथा नेपालका संघीय संसद सदस्य डा. विनोद चौधरीले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा सञ्चारकर्मीहरू, सीजी मोटर्सका प्रतिनिधि तथा ग्राहकहरूको उपस्थिति रहेको थियो।

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij