Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

कुन कुन वाणिज्य बैकहरूले लाभांश वितरण गर्ने अवस्थामा छन् ? कुन कुन छैनन् ?


नया सडक

२०८१, साउन २१ सोमबार

  • 378
    Shares

  • कुन कुन वाणिज्य बैकहरूले लाभांश वितरण गर्ने अवस्थामा छन् ? कुन कुन छैनन् ?

    काठमाडौं।  वाणिज्य बैंकहरुको  नाफामा आएको कमीले उनीहरू मध्ये कतिपयले लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४ वटा बैंकहरुले लाभांश वितरण गर्न नपाउने अवस्थामा पुगेका हुन् ।

    २० वटा वाणिज्य बैंक मध्ये कुमारी बैंक, एनआईसी एसिया, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । त्यसकारण  उनीहरुले शेयर धनीलाई लाभांश वितरण गर्न नपाउने अवस्थामा छन् ।यसैगरी ६ वटा वाणिज्य बैंकको लाभांश क्षमता ५ प्रतिशतभन्दा घटी छ । १० वटा बैंकको लाभांश क्षमता १० प्रतिशत बढी छ। समग्रमा अघिल्लो वर्षको तुलनामा बैंकहरूको १३.३९ प्रतिशत खुद नाफा बढेको हो । तर गत आवमा  १० वटा वाणिज्य बैंकहरूको नाफा भने घटेको छ। १० वटा बैंकहरूको मात्र खुद नाफा बढेको हो । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण खराब कर्जा वृद्धिले बैंकहरुको प्रोभिजनिङ रकम बढ्न गएको छ।

    सानिमा, एनएमबि, एनआइसी एसिया, नेपाल बैंक, स्टान्डर्ड चार्टर्ड, सिटिजन्स, ग्लोबल आइएमई, सिद्धार्थ, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ।६ वटा बैंकको लाभांश क्षमता १० प्रतिशत बढी छ। गत वर्ष सर्वाधिक नाफा कमाएको नबिल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख ४४ हजार रुपैयाँ छ।नबिलले गत वर्षको मुनाफाबाट १४.२६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ छ। बैंकको लाभांश क्षमता सबैभन्दा धेरै २९.८६ प्रतिशत छ।

    स्टान्डर्ड चार्टर्डको सेयर धनीलाई प्रतिफल दिनसक्ने क्षमता २६.५ प्रतिशत रहेको छ। बैंकको वितरणयोग्य नाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ।यसैगरी  कृषि विकास १७.३७,  नेपाल एसबिआई बैंक १०.७६ र सानिमा बैंक १०.४० प्रतिशत प्रतिफल सेयर धनीलाई वितरण गर्नसक्ने स्थितिमा छन्।

    प्रतिक्रिया दिनुहोस