Logo

Apr 18 2025 | २०८२, वैशाख ६गते

Apr 18 2025 | २०८२, वैशाख ६गते

images

गुगलले सर्च इन्जिन र विज्ञापनहरूमाथि गैरकानुनीरूपमा एकाधिकार कायम गरेको अमेरिकी न्यायाधीशको फैसला

गुगलले सर्च इन्जिन र विज्ञापनहरूमाथि गैरकानुनीरूपमा एकाधिकार कायम गरेको अमेरिकी न्यायाधीशको फैसला

  • काठमाडौं । अमेरिकाका एक न्यायाधीशले गुगलले कायम गरेको अनलाइन खोजी कार्य (सर्च) र तत्सम्बन्धी विज्ञापनहरूमाथि एकाधिकार गैरकानूनी रूपमा  कायम गरेको भनीे एक ऐतिहासिक फैसला सुनाएका छन् ।सोमबारको सो ऐतिहासिक फैसलाबाट गुगलको माउ कम्पनी अल्फाबेटलाई  ठूलो झट्का लागेको हो ।फैसलाले टेक्नोलोजी दिग्गजहरूले व्यापार गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अपेक्षा गरिएको छ ।

    गुगलमाथि सन् २०२० मा अमेरिकी न्याय विभागले अनलाइन खोज बजारको ९० प्रतिशत नियन्त्रण गरेको भन्दै मुद्दा दायर गरेको थियो।यो धेरै मुद्दाहरू मध्ये एक हो जुन ठूला टेक कम्पनीहरू विरुद्ध दायर गरिएको छ  । अमेरिकाका  एन्टिट्रस्ट नामक निकायका अधिकारीहरूले उद्योगमा प्रतिस्पर्धालाई बलियो बनाउने प्रयास गर्ने गरेकाले यस्ता कम्पनीहरू विरुद्ध मुद्दा दायर गर्ने गर्छन्।
    गुगलका एकाधिकारलाई सो मुद्दामा खतराको  रूपमा व्याख्या गरिएको छ ।

    यो निर्णयबाट गुगल र अल्फाबेटलाई  कस्तो जरिवाना तिर्नुपर्ने हो त्यसबारे तत्काल स्पष्ट भइनसकेको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ । जरिवाना वा अन्य विषयहरूमा आउने समयमा सुनुवाइमा गरिनेछ ।आफ्नो निर्णयमा अमेरिकी जिल्ला न्यायाधीश अमित मेहताले गुगलले स्मार्टफोन र ब्राउजरमा डिफल्ट सर्च इन्जिन हो भनी सुनिश्चित गर्न अर्बौं तिरेको बताए।
    गुगल एक एकाधिकारवादी हो र यसले आफ्नो एकाधिकार कायम राख्न एकल  रूपमा काम गरेको न्यायाधीश मेहताले आफ्नो २७७ पृष्ठ लामो खायमा लेखेका छन् ।

    अल्फाबेटले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने योजना रहेको बताएको छ ।अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले  सो  निर्णयलाई अमेरिकी जनताको लागि ऐतिहासिक जीतको रूपमा स्वागत गरेका छन् ।फेडरल एन्टिट्रस्ट नियामकहरूले बिग टेक कम्पनीहरू विरुद्ध विभिन्न किसिमका मुद्दा दायर गरेका छन् । फेसबुक, मेटा, अमेजन एपल जस्ता ठुला टेक कम्पनी विरुद्ध मुद्दा दायर गरिएका छन् ।

    गुगलले त्यस विशेषाधिकारको लागि एक वर्षमा सामान्यतया १० अर्ब डलर भन्दा बढी खर्च गर्छ । यसबाट गुगलले बजारमाथि आफ्नो पकड कायम राख्न सहयोग प्राप्त हुन्छ ।आफ्नो फैसलामा न्यायाधीश मेहताले पूर्वनिर्धारित सर्च इन्जिन गुगलको लागि “अत्यन्त मूल्यवान घर जग्गा“ भएको उल्लेख गरेका छन् ।टेक्नोलोजी कम्पनी विरुद्ध यसको विज्ञापन टेक्नोलोजीमा अर्को मुद्दा सेप्टेम्बरमा सुनुवाइ हुने छ। युरोपमा, यस बीचमा, गुगललाई एकाधिकार मामिलाहरूमा अर्बौँ  जरिवाना गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij