Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुस बंगलादेश अन्तरिम सरकारको नेतृत्व गर्न सहमत


नया सडक

२०८१, साउन २२ मंगलबार

  • 426
    Shares

  • नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुस  बंगलादेश अन्तरिम सरकारको नेतृत्व गर्न  सहमत

    काठमाडौँ । बंगलादेशमा बनाउने भनिएको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न  नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुस सहमत भएका छन् । द डेली स्टारले विश्वसनीय स्रोतकोआधारमा  प्राध्यापक युनुस अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएको जनाएको हो । 

    युनुसले  सुरुमा छात्रहरूले मलाई सम्पर्क गर्दा त म सहमत नभएको   तर विद्यार्थीहरूले बारम्बार आग्रह गरिरहेको बताएको  द डेली स्टारले जनाएको  छ । साथै द डेली स्टारले युनुसले पछि सो आग्रहलाई स्वीकारगरेकोजनाएको छ  । 

    युनुस यतिबेला विदेशमा रहेका छन् । उनी पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन गएका थिए ।  छिट्टै नै उनी स्वदेश फर्कने बताइएको छ । यसअघि युनुसले शेख हसिनाको राजीनामापछि बंगलादेश 'स्वतन्त्र' भएको टिप्पणी गरेका थिए ।

    हसिनाको कब्जामा रहेको मुलुक स्वतन्त्र भएको उनले भारतीय सञ्चारमाध्यम द प्रिन्टसँगको कुराकानीमा भनेका थिए । अवामी लिग नेतृत्वको सरकारले युनुसलाई १९० भन्दा बढी आरोप लगाएको छ । हसिनाले आफ्नै बुवा बंगबन्धु शेख मुजिबुर रहमानको विरासत ध्वस्त पार्ने काम गरेको युनुसको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस