Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

मेरो माइक्रोफाइनान्सको खुद नाफा ३६२.५९ प्रतिशतले बढ्यो


नया सडक

२०८१, साउन २३ बुधबार

  • 300
    Shares

  • मेरो माइक्रोफाइनान्सको खुद नाफा ३६२.५९ प्रतिशतले बढ्यो

    काठमाडौँ । चौथो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ३६२.५९ प्रतिशतले बढेर २१ करोड ९५ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।


    खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ८७ करोड ४८ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

    खुद ब्याज आम्दानी सामान्य बढे पनि इम्पेयरमेन्ट चार्ज घटेकाले खुद नाफामा आकर्षक वृद्धि भएको  हो । साथै, सञ्चालन नाफामा पनि आकर्षक बढोत्तरी भएको छ । यसले पनि नाफा बढ्न सहयोग पुर्याएको हो । २०८० असार मसान्तमा १२ करोड ५४ लाख २० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज २०८१ को असार मसान्तसम्म आइपुग्दा १ करोड ९४ लाख ६९ हजार रुपैयाँ सीमित भएको छ । सञ्चालन नाफा ३५२.७४ प्रतिशतले बढेर ३१ करोड ३१ लाख १७ हजार रुपैयाँ पुगेको छ । 

    असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब ३२ करोड २० लाख रुपैयाँ छ । यसको वितरणयोग्य नाफा १९ करोड ६२ लाख ३१ हजार रुपैयाँ देखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस