Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

बागलुङ पहिरोः  प्रतिकूल मौसमका कारण घाइतेलाई  अस्पातल पुर्याउन कठिन


नया सडक

२०८१, साउन २३ बुधबार

  • 318
    Shares

  • बागलुङ पहिरोः  प्रतिकूल मौसमका कारण घाइतेलाई  अस्पातल पुर्याउन कठिन

    बलेवा । बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा भएका दुई पहिरोमा घाइते भएका दश अस्पताल पुर्याउन कठिन भएको छ ।  । निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकिएको हो । 

    बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमा  प्राथमिक उपचार गरेको छ । घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो ।

     उद्धारका लागि आएको नेपाली सेनाको हेलिकप्टर पनि प्रतिकूल मौसमका कारण उपयोग गर्न नसकिएको दुखेसो उहाँले गर्नुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । पहिरोमा परी आठ जनाको ज्यान गएको छभने चार जना अझै बेपत्ता छन् । उनीहरूको खोजी जारी छ ।

    प्रतिक्रिया दिनुहोस