Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

हेलिकप्टर दुर्घटनामा मृत्युहुने पाँचमध्ये चारजना चिनियाँ नागरिक


नया सडक

२०८१, साउन २३ बुधबार

  • 330
    Shares

  • हेलिकप्टर दुर्घटनामा मृत्युहुने पाँचमध्ये चारजना चिनियाँ नागरिक

     

    काठमाडौँ ।   एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो । 

     

    हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ ९तीन पुरुष र एक महिला० नागरिकको मृत्यु भएको हो । नेपाल नागरिक उड््डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहनुभएको छ । सो दुर्घटनामा परी मृत्यु भएका मृतकहरुको शव सङ्कलन भई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने कार्य भइरहेको प्राधिकरणले जनाएको छ 

     

    प्रतिक्रिया दिनुहोस