Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट छ किलो कोकिनसहित एक जना पक्राउ


नया सडक

२०८१, साउन २३ बुधबार

  • 345
    Shares

  • त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट छ किलो कोकिनसहित एक जना पक्राउ

     

    काठमाडौँ ।  लागुऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । 

     

    पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले राससलाई जानकारी दिनुभयो ।

     

    उहाँले भन्नुभयो, “दोहाबाट कतार एयरवेजमार्फत काठमाडौँ आएका भाल्टर्सलाई हाम्रो टोलीले आज छ किलो कोकिनसहित पक्राउ गरेको हो, उक्त विषयमा अहिले थप अनुसन्धान कार्य भइरहेको छ ।”

     

    प्रतिक्रिया दिनुहोस