Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

संवैधानिक अदालतद्वारा थाइल्याण्डको सबै भन्दा ठुलो दललाई भंग गर्न आदेश


नया सडक

२०८१, साउन २४ बिहीबार

  • 339
    Shares

  • संवैधानिक अदालतद्वारा थाइल्याण्डको सबै भन्दा ठुलो दललाई भंग गर्न आदेश

    काठमाडौं । थाइल्याण्डमा संवैधानिक अदालतले त्यहाँको सबै भन्दा ठुलो राजनीतक दल प्रगतिशील ‘मुभ फरवार्ड पार्टी’लाई भंग गर्न आदेश दिएको छ ।संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै अदालतले मुभ फरवार्ड पार्टीलाई भंग गर्ने आदेश दिएको हो ।

    मुभ फरवार्ड पार्टीले देशको राज परिवारसँग सम्बन्धित कानुनमा संशोधनको प्रस्ताव गरेर संविधान उल्लंघन गरेको र  कानुनमा संशोधन गरेर संवैधानिक राजतन्त्रलाई फ्याँक्ने प्रयास गरेको ठहर अदालतको छ ।

    सन् २०२३ को राष्ट्रिय चुनावमा जित हासिल गरेर मुभ फरवार्ड पार्टी सबैभन्दा ठूलो दल बनेपनि उसले सरकारको नेतृत्व गर्न भने पाएन र विपक्षमा बसेको छ ।सो पार्टीलाई जिताउने यश  चर्चित पूर्वनेता पिटा लिमजारोनरात र हालका पार्टी प्रमुख चौथावत तुलाथनलाई दिइन्छ ।  यी दुवै नेताहरु र पार्टीको प्रमुख कार्यकारी समितिलाई अदालतले १० वर्षसम्म राजनीतिक गतिविधि गर्न प्रतिबन्धसमेत लगाएको छ ।

     देशको संविधान र कानुनमा संशोधन आवश्यक रहेको भन्दै अभियान चलाउँदै आएको सो पार्टीले युवा र शहरी मतदाताको मन जितेको थियो ।सो पार्टीको गतिविधिलाई लक्षित गरी निर्वाचन आयोगले अदालतमा मुद्दा दायरसमेत गरेको थियो । सो मुद्दामा गत जनवरीमा फैसला सुनाउँदै अदालतले कानुनमा बदलावको वकालत  बन्द गर्न आदेश दिएको थियो ।

    थाइल्याण्डमा राजतन्त्रको आलोचना गर्ने र त्यससँग सम्बन्धित संवैधानिक व्यवस्थाको उल्लंघन गर्नेहरुलाई १५ वर्षसम्मको जेल सजाय  हुन सक्ने व्यवस्था छ ।थाइल्याण्डमा कुनै पार्टी भंग भएमा सो पार्टीका सांसदहरुलाई ६० दिनभित्र अरु कुनै दल रोज्नुपर्ने मौका दिइने र सो अवधिमा दल नरोजे सांसद पद गुम्ने प्रावधान छ ।

     

    प्रतिक्रिया दिनुहोस