Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

बंगलादेश अन्तरिम सरकार प्रमुख युनुस  शपथ लिन ढाका पुगि सके


नया सडक

२०८१, साउन २४ बिहीबार

  • 525
    Shares

  • बंगलादेश अन्तरिम सरकार प्रमुख युनुस  शपथ लिन ढाका पुगि सके

    काठमाडौं । फ्रान्सको पेरिसबाट बंगलादेशको अन्तरिम सरकार प्रमुखमा मनोनित नोबेल पुरस्कार सम्मानित  मुहम्मद युनुस राजधानी ढाका पुगेका छन् । युनुस पेरिसबाट दुबई हुँदै ढाका पुगेका हुन् ।विमानस्थलमा बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनका नेतृत्व गरेका विद्यार्थीहरु, अन्य सुरक्षा निकायका प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । विमानस्थलमा पत्रकारहरुलाई युनुसले आफू आभारी रहेको बताए ।

    स्वतन्त्रता सेनानीको परिवारका आफन्तलाई दिइएको आरक्षणविरुद्ध विद्यार्थीले दुई महिनादेखि गरेको आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश  छाड्न बाध्य पारेको  थियो ।युनुस नेतृत्वको १५ सदस्यीय सल्लाहकार परिषद्ले बिहीबार बेलुकी ८ बजे शपथ ग्रहण गर्ने बंगलादेशका सेना प्रमुख जमानले बताएका छन् ।नोबेल पुरस्कारबाट सम्मानित युनुस पूर्व प्रधानमन्त्री हसिनाका कट्टर आलोचक  तथा राजनीतिक शत्रु मानिन्छन् ।

    प्रतिक्रिया दिनुहोस