Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

बंगलादेशमा १५ वर्ष शासन गरेकी शेख हसिनाको सम्पत्ति कति छ ?


नया सडक

२०८१, साउन २७ आइतबार

  • 318
    Shares

  • बंगलादेशमा १५ वर्ष शासन गरेकी शेख हसिनाको सम्पत्ति कति छ ?

    काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर ज्यान बचाउनका लागि देश नै छाड्नुपर्यो ।

    शेख हसिना बंगलादेशमा आफ्नो विलासी बंगला र घरजग्गा छोडेर आफ्नो ज्यान बचाउन राजधानी ढाकाबाट भारत पुगिन् । बंगलादेशमा सेनाले अन्तरिम सरकार गठन गरेको छ । हसिनाले बंगलादेशमा १५ वर्ष शासन गरिन् । बंगलादेश छाडेसँगै उनीसँग कति सम्पत्ति थियो भन्ने विषयमा चर्चा चलेको छ ।


    करिब एक महिनाअघि बंगलादेशमा शेख हसिनाको घरमा काम गर्ने कामदारको सम्पत्तिको मुद्दाले निकै चर्चा पाएको थियो । शेख हसिनाको घरमा काम गर्ने चपरासी जहाँगीर आलमसँग २ अर्ब ८४ करोड भारुको सम्पत्ति भेटिएपछि उनी विदेश फरार भएका थिए ।

    यदि उनका घरमा काम गर्ने कामदारसँग २ अर्ब ८४ करोड भारतीय रुपैयाँ सम्पत्ति थियो भने शेख हसिनाको योभन्दा धेरै सम्पत्ति होला रु

    सन् २०२४ को चुनावी सपशपत्रअनुसार शेख हसिनाको कुल सम्पत्ति ४ करोड ३६ लाख बंगलादेशी टका अर्थात् करिब ३ करोड १४ लाख भारतीय रुपैयाँ रहेको बताइएको छ ।

    शेख हसिनाको आम्दानीको सबैभन्दा ठूलो हिस्सा कृषिबाट आउँछ । शेख हसिनाको नाममा ६ एकड खेतीयोग्य जमिन छ । यसबाहेक माछापालनबाट पनि आम्दानी हुन्छ । यसबाहेक उनले आफ्नो पैसा धेरै व्यवसायमा लगानी गरेकी छन्, जसबाट उनले वार्षिक १२ लाखभन्दा बढी आउने बताइएको छ ।

    उनले कपडा, दूरसञ्चार, बैंकिङलगायत धेरै ठाउँमा लगानी गरेकी छन् । उनले दूरसञ्चार क्षेत्रमा ठूलो लगानी गरेको बताइएको छ । यसबाहेक बैंकिङ क्षेत्रमा पनि उनले लगानी गरेकी छन् । शेख हसिनाको बंगलादेशको कपडा र परिधान उद्योगमा ठूलो लगानी भएको बताइएको छ ।

    सन् २०२२ मा शेख हसिनाले खेतीबाट ७८ लाख कमाएकी थिइन् । उनीसँग करिब १३ लाखको सुन रहेको छ । उनको नाममा रहेको ६ एकड जमिनको मूल्य ६ लाख टका रहेको छ । उनीसँग ३४ लाख टकाभन्दा बढीको प्लट छ ।

    ब्लूमबर्ग रिपोर्टका अनुसार शेख हसिनाको लन्डनमा पनि एउटा घर छ, यद्यपि त्यो उनको नाममा नभएको उल्लेख छ । त्यस्तै, पर्प्लेक्सिटी एआईका अनुसार शेख हसिनाको सम्पत्ति धेरै देशमा फैलिएको छ । हसिनाको ढाकामा ३ करोड डलरको हवेली छ । सिलहटमा एउटा अपार्टमेन्ट छ, जसको मूल्य करिब १ करोड डलर रहेको बताइएको छ ।

    उनले सिंगापुर र दुबईमा पनि केही सम्पत्ति किनेकी छन् । उनीसँग ४७ लाखको कार छ । यद्यपि, उनले यो उपहारको रूपमा पाएका थिइन् । उनको अधिकांश सम्पति बहिनी र छोराको नाममा रहेको बताइएकोे छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस