Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद सेयर बिक्री आजदेखि खुला


नया सडक

२०८१, साउन २७ आइतबार

  • 354
    Shares

  • आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद सेयर बिक्री आजदेखि खुला

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आज साउन २७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

    कम्पनीले चुक्ता पुँजीको १ सेयर बराबर नयाँ १.५ सेयर ९१ः१.५० को अनुपातमा १ अर्ब २० करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।


    कम्पनीले हकप्रद सेयर निष्काशनका लागि गत साउन १ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

    कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले भदौ १६ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।

    लगानीकर्ताले बिक्री प्रबन्धकका साथै आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सिआस्वा प्रणाली र मेरो सेयर एपमार्फत् आवेदन दिन सक्नेछन् । यस्तै प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंकको धादिङ शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस