Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै


२०८१, साउन २७ आइतबार

  • 288
    Shares

  • भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै

    काठमाडौं । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल आउँदैछन् । सचिव मिस्रीको यो परिचयात्मक भ्रमण हुने बताइएको छ । जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै भुटानको भ्रमण गरेका थिए ।

    भ्रमणको क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।

    प्रतिक्रिया दिनुहोस