काठमाडौं । रामचरित मानसका रचियता तुलसीदासको जन्मजयन्ती हरेक वर्ष साउन शुक्लपक्षको सप्तमी तिथिका दिन मनाइन्छ । यो वर्ष १२ अगस्ट,२०२४ मा मनाइँदै छ । गुगलमा सर्च गर्दा यस्तो जानकारी सहजै पाइन्छ । ऋषि वाल्मीकिको संस्कृत भाषामा लेखिएको रामायणको त्यतिञ्जेलको एक विशाल क्षेत्रमा बुझ्न सकिने लोकभाषा वा जनभाषामा अनुवाद गरी रामकथा रामचरितमानसको रुपमा रचना गरेका कारण तुलसीदासलाई स्मरण गर्न उनको जन्मजयन्ती मनाउने गरिन्छ ।
दृकपञ्चांगकाअधारमा यो वर्ष शुक्ल पक्षको सप्तमी तिथि आइतबार बिहान ५ बजेर ४४ मिनेटदेखि सोमबार बिहान७ बजेर ५५ मिनेटसम्म रहेको तुलसी जयन्तीका बारेमा लेख्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरूले अवधिमा भाषामा लेखिएको रामचरित मानसका रचियता तुलसीदासको यो जन्मजयन्ती ५२७औँ भएको जनाएका छन् ।
संस्कृत भाषालाई देवभाषा पनि भनिन्छ । किनकि संस्कृत लिपिलाई देवनागरिक लिपि भनिन्छ । देवनागरिक लिपिले नै यसको परिभाषा गर्दछ । देव र नागरिक अर्थात देवताहरूको भाषा बुझ्ने नागरिकहरूको भाषा अर्थात देवभाषा हो ।
देवनागरिक लिपिमा अहिले धेरै भाषाहरू लेखिन्छन् । कतिपय भाषाहरूको लिपि हुँदाहुँदै पनि लिपिको लोकलेखन चलन विस्थापित भएर देवनागरिक लिपिमा ती भाषाहरू लेखिने गरेको छ ।नेपालमै नेवारी भाषा र मैथिली भाषाका लिपिहरू भएपनि देवनागरिक लिपिमा लेखिन्छन् । देवनागरिक भाषामा हिन्दी , नेपाली , अवधीलगायतका भाषा पनि लेखिन्छन् ।संस्कृतका तत्सम र तद्भव शब्दहरू हिन्दी, नेपाली, मैथिली, अवधिलगायतका भाषामा व्यापकरूपमा पाइन्छन् । यसो हुनुमा संस्कृत भाषा सबै भाषाको जननी हो भन्ने सिद्धान्त पनि छ ।
यहाँ तुलसीदासलाई अवधी र उनको रामायणलाई अवधीमा लेखिएको भनि कथन सही नभएको तर्क प्रस्तुत गरी तुलसी दास नेपाली मातृभाषी थिए भनी साबित गर्ने प्रयास गरिन्छ ।
सबै भाषाको जननी संस्कृत भाषा हो । यो सिद्धान्तको दुई पक्ष छन् । एक जे भनिएको छ त्यो नै हो । दोस्रो मानव सभ्यताको विकास भइरहेका बेला राजनीतिकरूपमा सबै भन्दा शक्तिशाली भाषा समूह संस्कृत भाषीहरू रहेका थिए होलान् । जसले अन्य भाषाभाषीहरूमा गहिरो प्रभाव छोडेको होला । जसले गर्दा मानव समाजको एक ठुलो हिस्सामा यसको गहिरो प्रभाव परेर शब्दहरू तिनको भए होलान् ।
रामचरित मानस अवधीमा लेखिएको भनिएपनि यो पूर्णरूपमा सही मान्न सकिँदैन् । अवधमा बसेर तुलसीदासले रामचरित मानस लेखेकाले अवधी भयो भन्नसम्म सही मान्न सकिन्छ । तर रामचरित मानसलाई विभिन्न भाषा सरिताहरूको सागर हो भनी हेर्दा त्यसमा ठुलो मुख्य आधारभूत धारालाई केलाउँदा तुलसी दास नेपाली मातृभाषी भएको ठहर हुन्छ ।
‘राचरितमानसका रचियता तुलसीदास नेपाली मातृभाषी’ हुन भन्ने तर्कहरू मध्ये एक तर्क यस्तो रहेको छ र त्यो स्वयंसिद्ध हुन्छ ।
(क)रमा सँग उमा आई ।
(ख)रमा साथ उमा आई ।।
(ग)रमा सित उमा आई ।।।
यी तीन वाक्य बोल्नेहरूको परीक्षण गरौँ ।बोली , भाषा , लवजका आधारमा व्यक्तिहरूको पहिचान गर्ने विधि प्रक्रियाको प्रयोग गरी हेर्दा यी तीन व्यक्तिलाई हिन्दी ,अवधी र नेपाली भएको मान्न सकिएला । हिन्दी अवधी र नेपाली ठम्याइसकिएपछि । यी तीन मध्ये शतप्रतिशत नेपाली, हिन्दी र अवधी मान्ने प्रश्न उठ्दा कसलाई शतप्रतिशत नेपाली मान्न सकिएला त्यसको विचार गरौँ ।
तुलसीदासको ५२७औँ जन्मजयन्ती मनाइरहेका बेला (क) र (ख)लाई हिन्दी र अवधी मान्न सकिएला तर के
(ग)लाई मान्न सकिन्छ र ?
हिन्दी र अवधी भाषाभाषीमा अहिले (ग) बोल्ने पाइन्छ र ? यो मात्र नेपाली भाषाभाषीहरूमा मात्र बोलेको पाइन्छ । अर्थात् यी तीनवटै वाक्य नेपाली अनि नेपाली भाषाभाषी मात्रले बोलेको पाइन्छ ।
त्यसैले यदि तुलसीदासले यस्तो बोलेका रहेछन् भने तुलसी दास नेपाली मातृभाषी ठहर्छन् ।
तुलसी दासले आफ्ना रचनाहरू मार्फत् यस्तो मात्र होइन नेपाली र नेपाली मात्रले बोल्ने बोली बोलेर आफू अहिलेको नेपाली मातृ भाषाभाषी भएको बताइरहेका छन् । त्यसैले तुलसीदास नेपाली मातृभाषी हुन् ।राचरितमानसका रचियता तुलसीदास नेपाली मातृभाषी’ शीर्षकको प्रस्तुत पुस्तकमा यस्ता तर्कपूर्ण तथ्यहरूको संग्रह गरिएको छ ।