Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहले सहकारी रकम दुरुपयोगबारे संसदीय समितिमा दिए बयान


नया सडक

२०८१, साउन २८ सोमबार

  • 498
    Shares

  • पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहले सहकारी रकम दुरुपयोगबारे संसदीय समितिमा दिए बयान

    काठमाडौं । संसदीय छानविन विशेष समितिले सुमेरू बचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयर सदस्य रहेका पूर्व राजाका ज्वाइँ राजबहादुर सिंहसँग बयान लिएको छ ।

    समिति सभापति सूर्य थापाका अनुसार सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्ने बताएका हुन् ।

    यही लक्ष्य अनुसार सहकारी संस्था पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ संचालक समूह आएको सिंहले समितिलाई जानकारी गराए ।
    राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्रका ज्वाईं हुन् । बयानका क्रममा उनले आफूले पहिलो पटक यस्तो बयान दिएको पनि बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस