Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

ठूलीभेरी र सानीभेरी नदिमा पानीको बहाव उच्च,  तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह


नया सडक

२०८१, साउन २९ मंगलबार

  • 318
    Shares

  • ठूलीभेरी र सानीभेरी नदिमा पानीको बहाव उच्च,  तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह

     

    त्रिवेणी । लगातारको वर्षाका कारण ठूलीभेरी र सानीभेरी नदीको सतह बढेको छ । ठूलीभेरी र सानीभेरी नदीको सहत बढेसँगै तटीय क्षेत्र आसपासमा बसोबास गर्ने व्यक्तिलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । ठूलीभेरी र सानीभेरी नदीको सतह बढेसँगै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका तटीयक्षेत्र आसपासका बस्ती उच्च जोखिममा परेको बताएको छ ।

     

    पछिल्लो केही दिनयता निरन्तर वर्षाका कारण सानीभेरी नदीको बहाव बढेकाले नदी क्षेत्र आसपासमा बस्ने स्थानीयलाई सचेत रहन आग्रह गरिएको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीको बहाव बढेकाले नदी आसपासका स्थानीयलाई माछा मार्ने, काठ सङ्कलन गर्नेजस्ता क्रियाकलाप नगर्न पनि आग्रह गरिएको छ । 

     

    त्यस्तै आठबिसकोट नगरप्रमुख रवि केसीले पनि नदीमा पानीको बहाव बढेकाले आसपासमा रहेका बस्ती तथा स्थानीयलाई सतर्कता रहन आग्रह गरिएको बताउनुभयो । अविरल वर्षाका कारण बाढी मापन केन्द्र गज रिडरमा ठूलीभेरी तथा सानीभेरी नदीमा सतह बढेको देखिएको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ । 

     

    नदीको तटीय क्षेत्र आसपासका बस्ती विपत्को उच्च जोखिममा रहेकाले सो क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । शनिबारदेखि रुकुमपश्चिममा लगातार पानी परिरहेकाले जिल्लावासीलाई बाढी र पहिराबाट हुनसक्ने क्षतिबाट बच्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस