Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

आइएमई र जीएमईको एकीकृत कारोबार साउन ३० गतेदेखि शुरु हुने


नया सडक

२०८१, साउन २९ मंगलबार

  • 396
    Shares

  • आइएमई र जीएमईको एकीकृत कारोबार साउन ३० गतेदेखि शुरु हुने

    काठमाडौं । बुधबार साउन ३० गतेदेखि आइएमई लिमिटेड र जीएमई रेमिटको एकीकृत कारोबार प्रारम्भ हुने घोषणा गरिएको छ ।
    रेमिट्यान्स भित्र्याउने दुई कम्पनी  आइएमई र जीएमई एक आपसमा मिलेपछि दुवै कम्पनीको एकीकृत कारोबार साउन ३० गतेबाट शुरु हुन लागेको हो ।

    आइएमई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको कम्पनी हो । ढकाल  बैंकिङ क्षेत्रका सबै भन्दा धेरै र ठुला मर्जर गराउने सफलता प्राप्त गर्ने उद्योगी व्यवसायीका नेता हुन् । रेमिट्यान्स क्षेत्रमा पहिलो मर्जर उनको कम्पनीबाट शुरु भएको हो । 
    यी दुई कम्पनी एक आपसमा गाभिएपछि बनेको कम्पनीको चुक्ता पुजी १ अर्ब १५ करोड हुने भएको छ । मर्जर हुन अघि आइएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रहेको थियो ।रेमिट्यान्स कारोबार क्षेत्रमा आईएमई पहिलो र जीएमई तेस्रो ठुलो कम्पनीको रुपमा रहेका थिए । सबै भन्दा बढी रेमिट्यान्स ल्याउने कम्पनी आइएमई हो भने जापान र कोरियाबाट सबै भन्दा बढी रेमिट्यान्स जीएमईले ल्याउने गरेको कम्पनीको रूपमा परिचय बनाएको थियो ।

    मर्जर पछि कम्पनीले १० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ ।यसका लागि उनीहरूको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्ति गरी शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन समेत गरिसकिएको छ ।यी दुवै कम्पनीले एक आपसमा गाभिने निर्णय गरेका थिए र सोही अनुसार साउन ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस