Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

क्व्होलासोथार गाउँपालिकामा आज सार्वजनिक बिदा


नया सडक

२०८१, साउन २९ मंगलबार

  • 306
    Shares

  • क्व्होलासोथार गाउँपालिकामा आज सार्वजनिक बिदा

    लमजुङ । यहाँको क्व्होलासोथार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।  गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिममा सांस्कृतिक पर्वको रुपमा मनाउने ट्होटे पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । 

    गत शनिबार बसेको कार्यपालिकाको बैठकले आज ट्होटे पर्व मनाउन गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँ कार्यपालिकाको कार्यालय, गाउँपालिका अन्तर्गतका वडा कार्यालय, सामुदायिक तथा संस्थागत शैक्षिक संस्था, बैंक, वित्तीय संस्था, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था र अन्य सङ्घ संस्थामा स्थानीय बिदा दिइएको उहाँको भनाइ छ ।

    ट्होटे पर्व मनाउने गुरुङ समुदायलाई गाउँपालिकाले शुभकामनासमेत व्यक्त गरेको छ । पालिकामा गुरुङ समुदायको बाहुल्यता रहेको छ । जिल्लाका गुरुङ समुदायले ट्होटे पर्व धुमधामका साथ मनाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस