Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

३० हजार मेट्रिक टन मल खरिद गर्न चार कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत, आर्थिक प्रस्ताव भदौ १२ गते खोलिने

३० हजार मेट्रिक टन मल खरिद गर्न चार कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत, आर्थिक प्रस्ताव भदौ १२ गते खोलिने

  • काठमाडौं । कृषि सामाग्री कम्पनीले चार वटा कम्पनीको मल खरिद गर्न टेण्डर स्वीकृत गरेको छ । ३० हजार मेट्रिक टन मल खरिद लागि परेका ६  वटा कम्पनीमध्ये ४वटा कमपनीहरूको प्राविधिक प्रस्ताव स्वीकृत गरिएको हो ।मल खरिद गर्न स्वीकृति पाएका कम्पनीहरूमा विल्सन इन्टरनेशनल डिएमसिसि दुबई,आदित्य बिरला  ग्लोबल ट्रेडिङ सिंगापुर ,इन्डियन पोटास लिमिटेड नयाँ दिल्ली र सन इन्टरनेशनल एफजेटइ दुबई  छन्।

    प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीहरूको आर्थिक प्रस्ताव भदौ १२ गते तदनुसार अगस्ट  २८ मा खोलिने छ । आर्थिक प्रस्तावमा सबै भन्दा कम मूल्य कबोल गर्ने कम्पनीले टेण्डर पाउनेछ।कषि सामाग्री कम्पनीले जुन २४ मा मल खरिदका लागि टेण्डर आह्वान गरेकोमा  मल खरिदका लागि ६ वटा कम्पनीको आवेदन परेको थियो। तीमध्ये २ कम्पनीको काजपत्र नपुग भएपछि प्राविधिक प्रस्ताव स्वीकृत हुन सकेको थिएन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij