काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले गत जेठ ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २३ दशलमव ८० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।