Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सूर्योदय वोमी लघुवित्तको साधारण सभा साउन ३२ गते


नया सडक

२०८१, साउन ३१ बिहीबार

  • 366
    Shares

  • सूर्योदय वोमी लघुवित्तको साधारण सभा साउन ३२ गते

     

    काठमाडौं । सूर्योदय वोमी लघुवित्तको भोलि शुक्रबार साउन ३२ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले बोनस सेयर प्रस्तावसहित  सभा बोलाएको हो । सभामा थप सार्वजनिक निष्कासन (एफपीओ) पछि कायम ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ चुक्ता पुँजीमा १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
    साधारण सभा, महालक्ष्मी नगरपालिका, लुभु ललितपुरस्थित लुभु पार्टी प्यालेस एन्ड क्याटेरिङ सेन्टरको सभाहलमा दिउँसो १२ः३० बजे सुरु हुनेछ । यसका लागि कम्पनीले साउन २४ गते बुक क्लोज गरिसकेको छ ।

    सभामा, नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्वलाई प्रबन्धपत्रमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

     अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस